२६ माघ, काठमाडौँ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठाका सबै कागजात जलेर नष्ट भएका छन्।
हालसम्म क्षतिको पूर्ण विवरण आई नसके पनि तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको र त्यहाँ रहेका कागजात समेत जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
आगलागी भएको चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो । प्रहरीका अनुसार बिहान साढे ८ :४५ बजेको समयमा आगलागी भएको थियो ।
सिंहदरबार सुरक्षा गणले वारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको बताइएको छ। आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको हो । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।




