२६ माघ, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँलाई ठगेर प्रधानमन्त्री बनेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री बन्नकै लागि ओलीले संविधान संशोधनको कुरा गरेर दुनियाँलाई ठगेको बताएका हुन्।
काठमाडौँमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि रातारात सरकार बदलेको कुरा अहिले पुष्टि भएको बताएका हुन् ।
उनले संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन गरेको बताउने प्रधानमन्त्रीले अहिले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु नै त्यसको गतिलो प्रमाण भएको दाबी गर्दै प्रधानमन्त्री हुन दुनियाँलाई ठग्नका लागि संविधान संशोधन गर्नु छ भन्ने ? गफै हाँकेको हो भने त्यो गफको के काम ? भन्दै प्रश्न गरेका छन् ।