२६ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सुन तस्करीले त भेट्यो भने प्रहरीलाई नै हप्काइदिने बताएका छन्। आज नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले पहिले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधीहरूले अहिले लाज सरम नमानी हाँकाहाँकी हिँड्ने र सुन तस्करीले त भेट्यो भने प्रहरीलाई नै हप्काइदिने बताएका हुन् । उनले भने, ‘सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ । ओए… किन हेरेको भनेर ?’ झोलाभरि सुन हुन्छ तर, किन हेर्या भन्छ ? उल्टै हप्काउँछ ।’
अहिले जमाना नै फेरिएको बताउँदै प्रधानमन्त्री ओली सोझासाझा बनेर तस्करी गर्ने गरेको प्रति प्रहरीलाई सजक बनाए। उनले अघि भने, ‘हामी जस्ता भलाद्मी सोझा सिधा इमानदारलाई किन हेरेको छ हँ भनेपछि के हो के हो.. ? को हो म चिन्या छ हँ.. भने पछि झन् के हो के हो… यस्तो खालको जमाना छ।’
प्रधानमन्त्री ओलीले त्यस प्रकारका प्रवृतिविरुद्ध निष्पक्षता र स्वतन्त्रताका साथ कठोर बनेर प्रस्तुत हुन प्रहरीलाई निर्देशन समेत दिएका छन्।