२६ माघ, काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भएर आगलागीको भएको बताएका छन् । आज बिहान ८:४५ बजे मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री यादवले हिजो शुक्रवार नै केही जलेको जस्तो गन्ध आएको थियो,त्यसलाई हेरौँ है भनेर भनेको बताउँदै उनले आज बिहान त आगलागी भइसकेको जानकारी दिए।
मन्त्री यादवका अनुसार आगलागीबाट केही कागजात जले पनि महत्त्वपूर्ण कागजात सुरक्षित रहेको दाबी गरे। प्रहरीका अनुसार मन्त्रीको कार्यकक्ष भएको चौथो तलाका तीनवटा कोठामा आगलागी भएको थियो।




