२७ माघ, काठमाडौँ । रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको । काठमाडौँको माइतीघरमा रक्षामन्त्री राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएर सिंहदरबारतर्फ हुइँकिएको थियो।
आज बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरीले पुष्टि गरेको छ। घटनापछि रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर मन्त्रीका सवारी चालकले मोटरसाइकल चालकसँग सहमति गरिसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी सञ्जयबहादुर राउतले जानकारी दिएका हुन्।
कुनै मानवीय क्षति नभए पनि ठक्कर दिएको मोटरसाइकलको लुकिङग्लास लगायतमा क्षति भएको र रक्षामन्त्रीका सवारी चालकले बनाइदिने सहमति भइसकेको ट्राफिकले जानकारी दिएको छ।