समाचार

४ वर्षीय बालक अपहरण गर्ने भियतनामी नागरिक पक्राउ

२७ माघ, काठमाडौँ । ललितपुरबाट चार वर्षीय बालकको अपहरण गर्ने भियतनामी नागरिक पक्राउ परेका छन्।  प्रहरीले २३ वर्षीय भियतनामी नागरिकलाई कलङ्कीबाट पक्राउ गरेको हो। 

ललितपुर महानगरपालिका-१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरण भएको भन्दै उनकी आमाले राति ८ बजेर २० मिनेट जाँदा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

ती बालकलाई भियतनामी नागरिक मि हाङ किन्हालुनले अपहरण गरेर कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएर राखिएको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो । 

घटनाबारे प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउने तयारी गरेको छ।