२८ माघ, काठमाडौँ । प्रतिनिधि सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसहमतिले पारित भएको छ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि छलफल गर्न सांसदहरूले भाग लिएका थिए।
अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभामुख देवराज घिमिरेले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे।
जसमा सांसदले सर्वसहमतिले संसदबाट पारित भएको प्रतिनिधि सभाका सभामुख घिमिरेले घोषणा गरे। प्रतिनिधि सभाको अर्को बैठक माघ २९ गते मङ्गलवार १ बजे बस्ने गरी स्थगित भएको छ।





