२९ माघ, काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार दर बढ्दै गएको जनाएको छ। उसले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाकांक-२०२४ मा नेपाल गत वर्षको भन्दा एक अङ्क तल झरेको हो। १८० मुलुकमध्ये नेपाल १०७ औँ स्थान छ ।
गत वर्ष भ्रष्टाचार अवधारणा सूचकाङ्क-२०२४ मा नेपालले ३५ अङ्क पाएको थियो भने अहिले नेपालले १०० मा ३४ अङ्क मात्र प्राप्त गरेको छ। । ट्रान्सपरेन्सी इन्टरनेसनलको यस नतिजाले नेपालमा भ्रष्टाचार झनै मौलाएको देखाउँछ। नेपालमा भ्रष्टाचारविरुद्ध प्रभावकारी रूपले काम-कारबाहीअगाडि बढाउन अत्यन्त जरुरी रहेको ट्रान्सपरेन्सीले जनाएको छ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले दिएको सूचकाङ्क अनुसार दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा भुटान रहेको छ। उसले १०० मा ७२ नम्बर प्राप्त गरेको छ। श्रीलङ्का नेपालमा भन्दा पनि बढी भ्रष्टाचार हुने तथ्याङ्कले देखाएको छ। श्रीलङ्काले १०० मा ३२ अङ्क पाएको छ। पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानमा भ्रष्टाचार हुने दर झनै बढी रहेको उल्लेख छ। पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानले क्रमशः २७, २३ र १७ अङ्क पाएका छन्।
नेपालका दुई छिमेकी मुलुक भारत र चीनमा पनि भ्रष्टाचारको दर बढी नै रहेको उल्लेख छ। ट्रान्सपरेन्सीका अनुसार भारतले ३८ अङ्क र चीनले ४३ अङ्क पाएको छ।