समाचार

बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्यो, सरकारी कार्यालय जलमग्न 

३० माघ, काठमाडौँ । काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर वरपर रहेका सरकारी कार्यालय डुबानमा परेका छन् । काठमाडौँ महानगर प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालत अगाडि पाइप फुटेको हो ।

बबरमहल वरपर रहेका सरकारी कार्यालयहरू विशेष अदालत, जिल्ला अदालतमा बाढी पसेको छ । यो पाइप फुटेपछि काठमाडौँको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । के कारणले  पाइप फुटेको भन्ने खुलाइएको छैन। 

अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौँ महानगर प्रहरीको टोली खटिएको छ ।