३० माघ, काठमाडौँ । बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफूहरूको गल्ती रहेको नेपाल विद्युत् प्राधिकरणले स्वीकार गरेको छ । विद्युत् प्राधिकरणले सडकमा विद्युत् लाइन भूमिगतको काम भइरहेको र काम गर्ने क्रममा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवस पाइपलाइनमा क्षति पुगेको विद्युत् प्राधिकरणले स्वीकार गरेको हो।
उक्त विद्युत् भूमिगतको काम निर्माण कम्पनी के.ई.आईले गरिरहेको छ । केयूकेएलका आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले एक विज्ञप्ति मार्फत वन परिसर अगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधानिवस मेलम्चीको उक्त पाइप लाइनमा क्षति पुगेको निर्माण कम्पनी के. ई. आई. का सुपरभाइजर अविनाश कुमारले स्वीकार गरेको बताएका हुन्।
आज दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर पानी बबरमहलमा रहेका सरकारी कार्यालय र सर्वसाधारणको घार जलमग्न बनेको थियो।
