६ फागुन,काठमाडौँ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा पद पूर्तिको लागि विज्ञापन खोलेको छ । त्रिविअन्तर्गतका विभिन्न निकायका लागि प्रशासनिक÷प्राविधिक पदहरू, आन्तरिक तथा खुला/समावेशी प्रतियोगितामार्फत पदोन्नति तथा स्थायी गर्नका लागि विज्ञापन खोलेको हो ।
आयोगले फागुन ६ देखि चैत 11 गते (दोब्बर दस्तुर तिरेर १८ गते रातको १२ बजेभित्र) आयोगको अनलाइन वेबसाइट मार्फत आवेदन दिन आह्वान गरेको छ । म्याद नाघेर आएका कुनै पनि आवेदन मान्य नहुने आयोगले स्पष्ट बताएको छ।
आयोगले कार्यक्षमताको आधारमा बढुवाका लागि मुख्य स्वास्थ्य सहायक देखी शाखा अधिकृत (अधिकृत तृतीय) सम्म ५० जनाको दरबन्दीका आह्वान गरेको छ ।
त्यस्तै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाका लागि ल्याब अधिकृत देखि शाखा अधिकृत (अधिकृत तृतीय) सम्मका लागि ३३ दरबन्दीका लागि आवेदन आह्वान गरेको छ ।
त्यस्तै आन्तरिक प्रतियोगिताद्वारा बढुवाका लागि ९९ दरबन्दीका लागि आवेदन आह्वान गरेको छ । त्यस्तै खुला प्रतियोगिताका लागि ५ जनाको दरबन्दीका लागि आवेदन आह्वान गरेको छ ।
कर्मचारी नियुक्ति बढुवाको सिफारिस सम्बन्धी विनियम २०७३ (२०८१ मङ्सिर २० गते सम्मको संशोधनको आधारमा विज्ञापनको सूचना प्रकाशित भएको आयोगले जनाएको छ ।


