७ फागुन,काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि भारत भ्रमणमा जाने भएका छन्। उत्तर प्रदेशको प्रयागराजमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा वक्ताको रूपमा देउवा सहभागी हुने जाने भएका हुन्।
सभापति देउवाको महाकुम्भमा हुने कार्यक्रममा सहभागी हुन भारत जाने कार्यक्रम तय भएको हो। उक्त कार्यक्रममा देउवासहित विभिन्न देशका १९ जना वक्ता सहभागी हुनेछन्। उक्त कार्यक्रम प्रयागराजमा शुक्रवार र शनिवार हुने छ ।
देउवाले सोही स्थानमा सञ्चालन भइरहेको कुम्भ मेलामा पनि सहभागी हुने सम्भावना रहेको छ। ४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदै छ । यसअघि काँग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी लगायत नेताहरू पनि कुम्भ मेलामा सहभागी भएर फर्कीसकेका छन्।