समाचार

माओवादी केन्द्रले चैत १२ गते देखि ‘तराई-मधेस जागरण अभियान’ सञ्चालन गर्ने (तालिका सहित)

७ फागुन,काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको तराईका जिल्लाहरूमा जागरण अभियान सञ्चालन गर्ने भएको छ। माओवादी केन्द्रीय कार्यालयका अनुसार फागुन १२ देखि चैत ७ सम्म ‘तराई–मधेस जागरण अभियान’ सञ्चालन गर्न लागेको हो। 

‘तराई–मधेस जागरण अभियान’ नाम दिएर माओवादीले तराइका जिल्ला केन्द्रित कार्यक्रम घोषणा गरेको हो। पार्टीलाई स्थानीय स्तरसम्म जोड्न, जनता र पार्टी नेतृत्वबिच सम्बन्ध स्थापित गर्न तथा जनताबाट सुझाव सङ्कलन गर्न भन्दै माओवादीले कार्यक्रम गर्न लागेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहने अभियान टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मीहरू रहने बताइएको छ। 

अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट आदि हुने जनाइएको छ। अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने छ। बिहान, दिउँसो र बेलुका गरी स–साना तीन वटा कार्यक्रम तय गर्न सकिने अध्यक्ष दाहाल र महासचिव देव गुरुङद्वारा जारी सर्कुलरमा उल्लेख छ। अभियान चैत ७ गते कञ्चनपुर पुगेर समापन गरिने छ। 

सामान्यतया: एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी निम्नानुसारको जिल्ला र समयको तालिका सार्वजनिक गरिएको छ:

प्रदेश नं– १

झापा– फागुन –१२ गते

मोरङ–  फागुन १३ गते

(फागुन– १४ गते शिवरात्रि)

सुनसरी – १५ गते

मधेस प्रदेश

सप्तरी– फागुन  १६ गते

सिराहा– फागुन १७ गते

धनुषा– फागुन  १८ गते

(फागुन – १९ गते विश्राम)

महोत्तरी– फागुन २० गते

सर्लाही– फागुन २१ गते

रौतहट– फागुन २२ गते

बारा– फागुन २३ गते

पर्सा– फागुन २४ गते

बागमती प्रदेश

चितवन– फागुन– २५ गते

गण्डकी प्रदेश

नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

लुम्बिनी प्रदेश

परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते

रुपन्देही– फागुन २८ गते

कपिलवस्तु– चैत्र २ गते

दाङ– चैत्र ३ गते

बाँके– चैत्र ४ गते

बर्दिया– चैत्र ५ गते

सुदूरपश्चिम प्रदेश

कैलाली–चैत्र ६ गते

चैत्र ७ गते कञ्चनपुर पुगेर अभियानको समापन गरिने छ।