समाचार

बेलुन विस्फोटमा घाइते भएका पोखराका मेयर अस्पतालबाट डिस्चार्ज

८ फागुन, काठमाडौँ । कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यलाई आज डिस्चार्ज गरिएको हो। 

सोही विस्फोटमा परेर  घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

मेयर आचार्यको उपचार जारी थियो । उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै आफू आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।