९ फागुन, काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक र सहायक निरीक्षक तर्फ भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले एक सार्वजनिक सूचना निकालेर विभिन्न पदमा ३९३ जनाका लागि दरखास्त आह्वान गरेको हो।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो।
सूचनाअनुसार प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको हो।
