समाचार

सहिद, बेपत्ता र घाइते परिवारको योगदानको कदर र थप प्रोत्साहनको आवश्यक: अध्यक्ष दाहाल 

९ फागुन,दमौली (तनहुँ)।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताएका छन् । 

आज तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आयोजित भेटघाट कार्यक्रममा उनले सहिदकै योगदानका कारण मुलुक यो अवस्थामा आइपुगेकाले उक्त योगदान भुल्न नहुने बताएका हुन् । बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिलाई पार्टीकै पहलमा राष्ट्रिय सम्मान दिइएको बताउँदै अध्यक्ष दाहालले थप प्रोत्साहन र योगदानको कदर आवश्यक रहेको बताए। 

उनले पछिल्लो समय पार्टीले यस्ता परिवारसँग भेटघाट गर्ने अभियानलाई तीव्रता दिइरहेको भन्दै यस कार्यलाई जिल्ला तथा प्रदेशलगायत सबै क्षेत्रमा सञ्चालन गर्न आग्रह गर। 

उनले सहिदपार्कलाई व्यवस्थित बनाउन सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। ।