प्रदेश 2

होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको हत्या

३ चैत, महेन्द्रनगर (धनुष। होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले चक्कु प्रहार गरेको १८ वर्षीय आशु यादवको हत्या गरेका हुन्।

अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको प्रहरी बताएको छ ।