समाचार

स्ववियु निर्वाचन : अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

१० चैत, काठमाडौँ ।  काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ। आज भएको निर्वाचनमा एमाले अखिलको प्यानल नै  विजयी भएको हो ।

अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका छन् । सचिवमा गोपाल बहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला विजयी भएका हुन् ।

आज बिहान भएको निर्वाचन १ हजार २ सय ९१ जना मतदाता सहभागी भएका थिए । इलेकट्रोनिक भोटिङ मेसिनबाट मतदान भएको यस क्याम्पसमा  छिट्टै नतिजा आएको हो।