समाचार

राजसंस्थाको चरित्रमाथि गगनको प्रश्न : निर्मल निवासमै उत्पात थियो, नारायणहिटी फर्किएको भए के हुन्थ्यो ?

२४ चैत, काठमाडमौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा राजसंस्थाको चरित्रले लोकतान्त्रिक मूल्य र संविधानको मर्यादासँग मेल नखाने स्पष्ट संकेत दिएका छन् ।

दाङमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले बेलायतलगायतका संवैधानिक राजतन्त्र भएको देशहरूसँग तुलना गर्दै नेपालमा रहेको राजसंस्थाले त्यस्तो मर्यादित भूमिका निर्वाह गर्न नसकेको धारणा राखे।

“यो बेलायती राजसंस्था होइन, निर्मल निवासमै हुँदा उत्पात मच्चाइएको थियो, नारायणहिटी फर्किएको भए के हुन्थ्यो ?” महामन्त्री थापाले भने ।