समाचार

चैत २६ गतेको भृकुटीमण्डपको राजाबादीको कार्यक्रम सिफल वा बल्खुमा गर्न काठमडौंका सिडिओको निर्देशन

२४ चैत, काठमाडौँ । काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटी मण्डपमा चैत २६ गते आयोजना गर्न लागिएको कार्यक्रम जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अस्वीकार गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, बागमती प्रदेश कार्य समितिले उक्त स्थानमा कार्यक्रम गर्न अनुमति माग गर्दै पठाएको पत्रको सन्दर्भमा प्रशासनले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै कार्यक्रम त्यहाँ गर्न नदिने निर्णय गरेको हो।

शिक्षक आन्दोलन, राष्ट्र जनमोर्चाको कार्यक्रम लगायत पूर्वनिर्धारित अन्य कार्यक्रमहरू र भेला भएका अवस्थालाई ध्यानमा राखी प्रशासनले कार्यक्रम सिफल चौर वा बल्खु क्षेत्रमा गर्न अनुरोध गरेको छ।

बिज्ञप्ति :

राप्रपाको भृकुटीमण्डपको प्रदर्शनलाई राजावादी संयुक्त आन्दोलन समितिले गर्‍यो समर्थन