बाग्मती

लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा मिलोस् : प्रदेश प्रमुख बासकोटा

१ वैशाख, मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद बासकोटाले उत्साह र कर्मशीलता बोकेर सबैलाई सभ्य र अनुशासित बनाइ लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

नव वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले सकारात्मक सोच मात्रै राखेर हुँदैन सकारात्मक काममा लाग्न सबैलाई आग्रह गरेका छन्। उनले विगतमा भएका कमिकमजोरी अन्तिम ठानेर आआफ्नो क्षेत्रबाट समृद्ध देश निर्माणमा अघि बढ्न नयाँ वर्षले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।