समाचार

पूर्वराजाको सक्रियता खतरनाक- एमालेको गम्भीर आपत्ति

१ वैशाख, काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो अभिव्यक्तिप्रति सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ।

पार्टीको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराजाको सक्रियतालाई राजतन्त्र फर्काउने संकेतको रूपमा लिँदै त्यस्तो जागरण आपत्तिजनक भएको बताएका छन्।

‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको छ । उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धिहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यस सम्बन्धी सक्रियता जीवितै रहेको पायौं, जुन गलत भयो, उहाँले खोजेको परिवर्तनको आशय प्रजातान्त्रिक मूल्य विपरीत देखिन्छ,’ ज्ञवालीले भने, ‘यस्ता गतिविधि नगर्न चेतावनी दिएका छौं।’