२ वैशाख, काठमाडौँ । काठमाडौंको टोखाबाट ट्रकमार्फत बरामद भएको करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीमा दुई जनाविरुद्ध अभियोगपत्र दायर भएको छ ।
यस मामिलामा ट्रक चालकसहितका दुई जना सिन्धुपाल्चोकका कुसाङ लामा (फुच्चे) र नारायण पौडेल — लाई मुख्य अभियुक्त बनाउँदै विदेशी विनियम ऐन अन्तर्गत मुद्दा चलाइएको छ।
राजस्व अनुसन्धान विभागले २५ करोड ३४ लाख रुपैयाँभन्दा बढीको बिगो माग गर्दै जिल्ला अदालत, काठमाडौंमा अभियोगपत्र दायर गरेको हो।