बाग्मती

रामेछाप,तनहुँ र दैलेखका सिडिओको सरुवा 

१६ वैशाख, काठमाडौँ। गृह मन्त्रालयले रामेछाप,तनहुँ र दैलेख गरी तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मन्त्रालयमा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँ पठाइएको छ भने  तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरेको छ। 

रामेछापका सिडिओ राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। 

त्यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृह मन्त्रालय सरुवा गरेर उनको ठाउँमा गृह मन्त्रालयमा रहेका बद्रिनाथ गैह्रेलाई पठाएको छ।