१० साउन, काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र सम्वर्द्धनमा सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा शनिबार सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जोड दिएका हुन्। सुपोत महास्थथवीरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गरेको धार्मिक र सामाजिक योगदान बापत सम्मान गरेको छ । सोही बारेमा नेपाली बौद्ध समुदायले पनि सम्मान गरेको छ।
सुपोत महास्थथवीरले लुम्बिनीमा आएर महत्वपूर्ण धार्मिक र सामाजिक योगदान पुर्याएको पनि मन्त्री सिंहले बताएका हुन्।उपप्रधानमन्त्री सिंहले बुद्ध धर्म र लुम्बिनी एक-अर्काको पर्याय भएको समेत बताएका छन् ।





