११ साउन, गुल्मी । गुल्मीमा आगलागीमा परेर आइतबार एक जना युवतीको मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी बिककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको हो । धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीले मानसिक अवस्था कमजोर रहेकी जुना आफैंले घरमा आगो लगाएको जानकारी दिएका छन् ।
स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ३ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी गुल्मीले जनाएको छ ।





