राजनीति

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको प्रधानमन्त्री ओलीको दावी

१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभएर भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दावी गरेका छन् ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन्। उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने भन्दै प्रश्न समेत गरेका थिए।

यसअघि बैठकको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्र का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको आरोप लगाएका थिए। मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको समेत उनले आरोप लगाएका छन् ।

सांसद शर्माले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।