२६ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चैत २५ गतेदेखि सहकारी ठगीमा अनुसन्धानमा रहेका पुर्वगृहमन्त्री समेत रहेका लामिछानेले यही साउन १९ थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
रुपन्देही कारागारमा सुप्रीम सहकारीमा अनुसन्धानको दायरामा रहेका लामिछानेले दिएको रिटमा सुनुवाइ गर्दै रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद सापकोटाको एकल इजलासले थुनामा नै रहेर अनुसन्धान गर्न आदेश दिएको हो ।
रवि लामिछानेले थुनामुक्त भई बाहिरबाट अनुसन्धान गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए ।





