समाचार

मन्त्रीपरिषद् बैठक: प्रहरी महानिरीक्षकमा कुवेर खापुङलाई नियुक्त 

१३ भदौ, काठमाडौँ । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी)मा कुवेर खापुङलाई नियुक्त भएका छन् । 

आज बसेको मन्त्रीपरिषद् बैठकले खापुङलाई आइजिपीमा नियुक्त गरेको हो । २०५२ सालमा प्रहरी निरीक्षकबाट प्रहरीमा जागिर सुरुवाती गरेका खापुङले ३२ औँ प्रहरी निरीक्षक हुने अवसर जुटाएका छन् । 

वर्तमान महानिरीक्षकलाई नै निरन्तरता दिने हल्ला यसपछि अन्त्य भएको छ ।