समाचार

सुशीला कार्कीलाई प्रधानमन्त्री नबनाए राष्ट्रपति पौडेललाई थुत्छु भन्ने सुदन गुरुङ लखेटिए, अहिले भूमिगत !

 १ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थुतेर निकाल्छु भन्ने अभिव्यक्ति दिएका सुजन गुरुङ एक समूहबाट लखेटिएका छन् । 

आज उनले रानीवारिदेखि बानेश्वरसम्म आफू लखेटिएको प्रतिक्रिया दिए । 

केही दिन अगाडी भएको जेएनजी आन्दोलनका क्रममा उनले नेपाली सेनाका सेनापतिसँगको भेटघाट बढाई आफू जेएनजीको अगुवा भएको बताउँदै सुशीला कार्कीलाई प्रधानमन्त्री नबनाए आफूले राष्ट्रपति रामचन्द्र पौडेललाई नै राष्ट्रपति भवनबाट थुतेर निकाल्ने बताएका थिए । 

उनले केहीपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत मागेको समाचार आएको थियो । आज भने गुरुङ कुनै समूहको आक्रमणको डरले भागेका छन् । मिडियालाई काहा छु भन्न नसक्ने अवस्थामा रहेका गुरुङ भूमिगत अवस्थामा रहेका छन् ।