५ असोज, काठमाडौँ । सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान विभाग तथा राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रालयमा नै ल्याउने तयारीमा सरकार लागेको समाचार छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री मातहतमा ल्याएका विभागहरूलाई पुनः मन्त्रालय मातहतमै राख्ने तयारी राहेको हो ।
त्यसताका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री मातहतमा ल्याउँदा व्यापक विवाद भएको थियो ।
विवाद र विरोध भए पनि उक्त विभागहरू मन्त्रालय मातहतमा ल्याउँदा राम्रो हुने बत्ताइन्छ । सम्पत्ति शुद्धीकरणलाई स्वतन्त्र हुनुपर्ने माग रहेका बेला अर्थ मन्त्रालय अन्तर्गत राखिने देखिएको छ ।




