समाचार

१६ बर्ष पुगेका सबै नव युवाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउन शिक्षा मन्त्री पुनःको आह्वान

१८ असोज, काठमाडौं । शिक्षा मन्त्री महावीर पुनःले १६ बर्ष पुगेका जेएनजी पुस्तालाई मतदाता नामावलीमा नाम लेखाई फागुन २१ गते सम्पन्न हुन गईरहेको आम निर्बाचनमा मतदान गर्ने कार्यतिर लाग्न अनुरोध गरेका छन् ।


उनले सामाजिक संजालमा लेख्दै जेएनजीले मतदान गर्दै जोशिला र इमान्दार युवाहरुलाई नेतृत्वमा ल्याउनुपर्ने भन्दै मतदातामा नाम नराखे र मतदान नगरेमा भने जेएनजीको आन्दोलनले सार्थकता पाउन नसक्ने हुँदा त्यसका लागि लाग्न आग्रह गरेका छन् ।


मतदानका लागि मतदादा नामावलीम नाम लेखाउनुपर्ने भएएको हुँदा मन्त्री पुनःले नबिर्शिकन मतदाता नामावलीमा नाम लेखाउन आह्वानसमेत गरेका छन् ।