२४ कात्तिक, काठमाडौं। प्रहरीले चेलीबेटी बेचबिखनको आशंकामा रुकुमपश्चिमका एक जनालाई सीमा नाका कृष्णनगरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मुसीकोट नगरपालिका–१३ बस्ने २३ वर्षीय अर्जुन रोका रहेका छन्। प्रहरीका अनुसार उनी बालबालिका बेचबिखन गर्न लग्दै गरेको आशंकामा नियन्त्रणमा लिइएको हो।





