समाचार

मुख्यमन्त्री कार्कीसँग ‘एसडिसी’का सहायक निर्देशक विकीको शिष्टाचार भेट

२४ कात्तिक, मोरङ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन ९एसडिसी०का सहायक निर्देशक आर्नो विकीले आज शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा द्विपक्षीय सहयोगका विभिन्न विषयमा कुराकानी भएको मुख्यमन्त्री कार्कीको सचिवायले जनाएको छ । मुख्यमन्त्री कार्कीले सङ्घीयता कार्यान्वयनमा स्वीस सरकारले गरेको सहयोगको प्रशंसा गरे ।

नेपालको शान्ति, समृद्धि र विकासका लागि स्वीस सरकारले गरेको सहयोग महत्त्वपूर्ण भएको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनलगायतका विषयमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

सहायक निर्देशक विकीले कोशी प्रदेश सम्भावनायुक्त प्रदेश भएको चर्चा गर्दै यो प्रदेशमा विकास र पर्यटनको तथा सम्भावना भएको बताए । लोकतन्त्रको यात्रा महत्वपूर्ण भएको बताउँदै उनले यो बेलामा सबैले आफ्नो भूमिका प्रभावकारी रुपमा देखाउनुपर्ने बताए ।