२५ कात्तिक, विराटनगर । बिहार विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज बिहानदेखि सुरु भएको छ। पूर्वी नेपालसँग सीमा जोडिएका २० जिल्लाका १२२ निर्वाचन क्षेत्रमा मतदान जारी छ, जसमा एक हजार ३०२ उम्मेदवार प्रतिस्पर्धामा छन्।
मतदान सुरक्षाका लागि मोरङ र सुनसरीका सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको छ, मतदानपछि पुनः खोलिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
यस चरणमा तीन करोड ७० लाखभन्दा बढी मतदाता जसमध्ये एक करोड ७४ लाख महिलाले मतदान गर्ने अपेक्षा गरिएको छ। पहिलो चरणमा ६५.०८ प्रतिशत मतदाताले मतदान गरेका थिए। आजको मतदानले बिहारको नयाँ सरकार र राजनीतिक दिशा तय गर्नेछ।





