६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिंक (एनपीएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष दिएको छ । टियू क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले टस जितेर बलिङ गरेको थियो ।
काठमान्डुले पुरै २० ओभरमा ६ विवेकको क्षती गर्दै १३५ रन बनाएको छ । आक्रमक बलिङ विराटनगरले गरेको छ ।
पाँचौ विकेट गुमेपपछि १२ ओभरको अन्तिम बलमा ब्याटिङमा आएका मोहम्मद आदिल आलमले काठमाडौंबाट सर्वाधिक ४८ रन बनाए । उनले २५ बलमा चार चौका र २ छक्का प्रहार गरे ।







