८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिंक (एनपीएल) २०२५ मा आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्स विद्ध सानदार जित निकालेको छ । टस जिटर बलिङ रोजेको कर्णालीलाई सुदूरपश्चिमले १४० रनको लक्ष दिएको थियो ।
कर्णालीले १२० बलमा १४० रन ल्याएमा जित निकाल्छ । सुदूरपश्चिमले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
तर सुदूरपश्चिमले १९ ओभर २ बलमा १० विकेट गिराएर अल आउट गराईदियो । जसमा कर्णालीको ९४ रन मात्र बनाएको छ ।
कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले यो तेस्रो जित हो ।
कर्णालीका लागि पवन सराफले सर्वाधिक २७ बनाए भने मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झाले १३ रन बताए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि कप्तान ऐरीले चार विकेट लिए भने हर्मित सिंह र अभिनास बोहराले समान दुई÷दुर्य विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । उसका लागि कप्तान ऐरीले सर्वाधिक ३९ रन बनाए भने आरिफ शेखले २७ रन जोडे ।
कर्णालीका लागि कप्तान कामीले तीन विकेट लिँदा ३, नन्दन यादवले दुई विकेट लिएका थिए ।





