आर्थिक

व्यवस्थापन समिति गठन नगरेका विद्यालयलाई केन्द्र सरकारको अनुदान रोक्ने शिक्षामन्त्री पुनःको चेतावनी

१७ मङ्सिर, काठमाडौँ । शिक्षामन्त्री महावीर पुनःले विद्यालयमा व्यवस्थापन समिति गठन गर्न दबाब दिएका छन् । 

उनले सामाजिक सञ्जालमा लेख्दै कतिपय पालिकाहरूले विद्यालय व्यवस्थापन समिति गठन नगरेकोमा आक्रोशित हुँदै तत्काल व्यवस्थापन समिति गठन गर्न अनुरोध गरेका छन् ।

उनले व्यवस्थापन समिति गठन नगरेमा स्थानीय पालीकालाई दिएको सङ्घीय अनुदान रोक्का गर्ने चेतावनी दिएका छन् । 

मन्त्री पुनःले विद्यालय व्यवस्थापन समिति गठ नगरी रकम लिएको तत्काल जानकारी दिन पीडित अभिभावकहरूलाई समेत आग्रह गरेका छन्।