१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ऊर्जा मन्त्री कुलमान घिसिङसँग शुक्रबार रास्वपाले गरेको प्रस्तावबारे जानकारी साझा गरेका छन्।
शनिबार भएको भेटवार्तामा बालेनले कुलमानलाई प्रस्तावका विवरणसहित प्रधानमन्त्रीसमेतबाट आएको सम्भावित प्रस्ताव र स्टेकसम्बन्धी विषयमा कुरा अझै टुंगिन बाँकी रहेको जानकारी दिएका थिए।
कुलमान निकट स्रोतका अनुसार, बालेनले रास्वपासँग भएका अधिकांश विषयमा सहमति अझै बाँकी रहेको कुरा सुनाएका थिए। स्रोतले भने, “ठ्याक्कै के के भयो भन्ने कुरा अब सबै सकिएपछि मात्र सार्वजनिक हुनेछ। तर बुझे अनुसार हिजो रास्वपाले गरेको प्रस्तावको बारेमा उनले जानकारी दिए ।”
हाल दुवै पक्षबीच छलफल जारी रहेको छ, यद्यपि छलफल भएको स्थानबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।





