१३ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि अन्तरिम चुनावी सरकारका सञ्चारमन्त्री जगदिश खरेलले सकारात्मक प्रतिक्रिया दिएका छन्।
खरेलले फेसबुकमार्फत् ‘नयाँ दिन, नयाँ सुरुवात। सुन्दर र समृद्ध नेपालको सपना! गन्तव्य तय हुँदैछ…’ भनेका छन्।
उनी जेनजी आन्दोलनपछिको अन्तरिम चुनावी सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए।





