राजनीति

जेलपछिको पहिलो सचिवालय बैठकमा रवि लामिछानेको उपस्थिति

२० पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आज बैठक बसेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा पार्टीभित्रको समायोजन प्रक्रिया तथा आगामी निर्वाचन प्रक्रियासम्बन्धी विषयमा छलफल भइरहेको छ। सभापति रवि लामिछाने पुनः जिम्मेवारीमा फर्किएपछि बसेको यो पहिलो केन्द्रीय सचिवालय बैठक भएकाले यसलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

बैठकले पार्टीको संगठनात्मक संरचना र आगामी रणनीतिबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।