१ माघ, काठमाडौँ । नेपाली काँग्रेसका नेता विनय भट्टले नेपाली काँग्रेस फुटाएकेमा चेतावनी दिँदै कविता लेखेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्ः नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसमा पुर्व सभापति समेत रहेका उनले यस्तो भनेका छन्ः
रुख बाँडेर जरा, हाँगा, पात र फल खान खोज्नेहरूलाई चेतावनी
काँग्रेसको चुनाव चिह्न रुख हो। रुख केवल चिन्ह होइन—यो विचार, इतिहास, त्याग र जनविश्वासको प्रतीक हो। तर आज केही स्वार्थीहरू रुखलाई टुक्र्याएर—कसैले जरा तान्दै, कसैले हाँगा भाँच्दै, कसैले पात चुँड्दै, कसैले फल मात्र टिप्न खोज्दै—आफू मात्र बाँच्ने भ्रममा छन्।
अब त स्थिति यति गम्भीर हुँदैछ कि
सबै फुटेर
कोही जरा चिन्ह बोकेर लड्ने,
कोही पात चिन्ह समात्ने,
कोही फल चिन्ह देखाउने तयारीमा छन्।
तर यिनै सबैले नबुझेको सत्य के हो भने—
यसरी आ–आफ्नो चिन्ह बोकेर लड्दा
रुख जोगिँदैन, रुख ढालिन्छ।
रुख ढल्यो भने के हुन्छ?
न जरा बाँच्छ,
न हाँगा हरियो रहन्छ,
न पात टिक्छ,
न फल मीठो हुन्छ।




