२ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुपरेको र देउवा नेतृत्वको पार्टीले गरेको कारबाही विधानसम्मत नभएको जानकारी दिएका छन्।
शर्माले आयोगलाई बताएअनुसार, “विशेष महाधिवेशन मागकर्ताले विधानअनुसार आह्वान गरेका हुन्, कारबाही कानुनसम्मत छैन। नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ।”
उपसभापति शर्माले देउवा पक्षको आन्दोलन धम्कीले आयोग प्रभावित नहुनेमा पनि विश्वास व्यक्त गरे। उनले भने, “निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गरिने भनाइ आएको छ, तर आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन।”
कांग्रेसमा जारी आधिकारिकता विवादले निर्वाचन आयोगमाथि दबाब थपेको बेला, आयोगले सकेसम्म छिटो निर्णय गर्ने तयारी गरिरहेको छ।





