राजनीति

मेयर बालेन शाहको दिए राजीनामा, रास्वपाबाट झापा–५ मा चुनाव लड्ने तयारी

४ माघ, काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उपमेयर सुनिता डंगोललाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। डंगोलले अनलाइनखबरसँग कुरा गर्दै राजीनामा प्राप्त भएको पुष्टि गरेकी छन्।

राजीनामापछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयतर्फ लागेका छन्, जहाँ उनलाई स्वागत गर्न समर्थक र कार्यकर्ताको ठूलो जमघट रहेको बताइएको छ।

उनी दिउँसो १ बजे नै कार्यालय पुग्ने कार्यक्रम भए पनि राजीनामा सम्बन्धी निर्णयमा केही समय अलमल हुँदा ढिला भएको थियो।

अब बालेन रास्वपामा औपचारिक रूपमा प्रवेश गर्दै झापा–५ बाट निर्वाचन लड्ने तयारीमा रहेको बताइएको छ। हाल उनी रास्वपाका वरिष्ठ नेताको रूपमा परिचित छन्।

रास्वपा कार्यालयमा स्वागत कार्यक्रमपछि बालेन आजै जनकपुर जाने कार्यक्रम रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।