राजनीति

बालेन शाहले रास्वपामा औपचारिक रूपमा गरे पदभार ग्रहण

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

पार्टी प्रवेश गरेको २१ दिनपछि उनी रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू उपस्थित थिए।

घण्टीघरस्थित पार्टी कार्यालयमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्यालसहितका नेताहरूले स्वागत गरेका थिए। पार्टीमा उनको सक्रिय भूमिकाले संगठनलाई थप बलियो बनाउने विश्वास गरिएको छ।