खेलकुद

राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित

९ माघ, काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सातदोबाटो युवा क्लबले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटोले मनाङ मस्र्याङ्दी क्लबलाई १(० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

फरवार्ड फोडे फोफानाले गरेको एक गोल सातदोबाटोका लागि निर्णायक गोल सावित भयो । फोफानाले खेलको ६१औँ मिनेटमा गोल गरेका हुन् । सातदोबाटो पहिलो खेलमा सङ्कटा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने न्युरोड टिम ९एनआरटी०सँग ३(१ गोलको हार व्यहोरेको थियो । यता मनाङको भने यो लगातार तेस्रो हार हो । मनाङ पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ५(० गोलले पराजित भएको थियो भने मच्छिन्द्र क्लबसँग २(१ गोलले पराजित भएको थियो ।