११ माघ, काठमाडौँ । झापा क्षेत्र नम्बर ५ बाट फागुन २१ गतेको प्रतिनिधि सभा निर्बाचनका प्रत्यासी रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहले कडा जवाफ फर्काएका छन् ।
अध्यक्ष ओलीले आफु आगामी प्रधानमन्त्रीको उम्मेद्वारका लागि सार्बजनिक बहसमा जान तयार रहेको सामखेको बिषयमा कमेन्ट गर्दै बालेन्द्र शाहले आफु भदौ २३ र २४ गतेको हिँसामा सहभागी भएका ब्यक्तीसँग सार्बजनिक बहसमा जान नसक्ने प्रतिकृया दिएका छन् ओलीको स्टाटसमा यो समाचार तयार पार्दासम्म १० हजार कमेन्ट र १९ हजार लाईक आएको छ । कमेन्टमा दुबैपक्षलाई गालीगलौज गरिएका छन् । नेपाली काँग्रेसुका सभापति गगन कुमार थापाको प्रतिकृया भएन अहिलेसम्म आएको छैन । टेलिभिजनमा आगामी निर्बाचनमा प्रधानमन्त्री घोषणा गरेका दलका नेताहरुसँग सार्बजनिक बहस गर्ने चर्चा चलिरहेका बेला नेताहरुबाट यसस्ता प्रतिकृया आएका हुन् ।
केपी शर्मा ओलीले भनेको शब्दः
पब्लिक डिबेटको लागि तयार छौँ
नयाँ र पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ।
यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।
बालेन शाहको कमेन्टः
आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो!
तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो!
आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ??
त्योपछि अरू कुरा गरौँला !
७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।





