राजनीति

‘झापा–५ मा एमाले सुरक्षित छ’ : महासचिव पोखरेल

१६ माघ, काठमाडौं । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टी सुरक्षित रहेको विश्लेषण सार्वजनिक गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पार्टीको भोटरहरूको स्थिति र चुनावी वातावरणबारे जानकारी दिएका हुन्।

पोखरेलका अनुसार सामाजिक सञ्जालमा फैलिएका हल्लाले केही प्रभाव पारेको भए पनि मतदाताबीचको धारणा हेर्दा पार्टी सुरक्षित छ। उनले भने, “सोसल मिडियामा हुने हल्लाले केहि प्रभाव पारेको हुन सक्छ, तर मतदाताबीचको कुरा गर्दा हामी झापा–५ मा पनि सुरक्षित अवस्थामा छौं। पार्टीको विश्लेषण अनुसार त्यहाँ कुनै जोखिम छैन।”

झापा–५ बाट नेकपा एमालेका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् भने प्रतिस्पर्धीका रूपमा रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि चुनावी मैदानमा छन्।