सामाजिक सञ्जाल

हर्क साम्पाङले भने, ‘म तीन करोड नेपालीलाई जागीर दिन्छु’ सर्वसाधारणकाे कडा आलोचना !

२३ माघ, धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले देशका तीन करोड नेपाली जनतालाई नै जागिर दिने नपत्याउने कुरा सामाजिक सञ्जालमा गरेका छन् । 

उनले अहिले उनको हर्क साम्पाङ रिभोलेशनको फेसबुकमा लेख्दै उक्त कुरा बताएका हुन् । 

देशको सबैभन्दा जटिल समस्याको रूपमा रहेकाले बेरोजगारी समस्यालाई यत्न गर्ने र अरु दलहरुभन्दा अब्बल हुन्छु भन्दै अरु पार्टी र उम्मेद्वारहरुले देशभर भनिरहेका बेला अध्यक्ष साम्पाङले तीन करोड नेपालीलाई रोजगार दिने बताएर सुनसरी क्षेत्र नम्बर १ का मतदाताका अगाडी हास्यको पात्र बनेका छन् । साम्पागं सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवारसमेत हुन् । 

साम्पाङले धरान उपमहानगरको मेयर हुनुभन्दा अगाडी गरेको मेहनत र सामान्य जीवन शैलीलाई मन पराएका सर्वसाधारणसमेत दिक्क भएर उनको आलोचना गर्न थालेका छन् । उनले लेखेको स्मार्ट नै कतिपयले कडा कमेन्टहरू गरेबाट उनको आलोचनाको विषय पुष्टि हुन्छ ।  उनी मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्बाचनमा होमिएका हुन् ।

साम्पाङ नेपाली काँग्रेसका सुजेन्द्र तामागं तथा नेकपा एमाले, रास्वपा, नेकपा, राप्रपाका उम्मेद्वारहरुको प्रतिस्पर्धा छ । अन्य उम्मेद्वारहरु सभ्य भएको बताइरहेका बेला गिनिज बुकमा नै नाम लेखाउने गरी स्ट्याटस लेख्ने हर्कको पछिल्लो समय आलोचना बढेको स्थानीय नेता मतदाता राजन सिटौलाले बताए ।