बाग्मती

बिहीबार साँझ निधन भएकी डा आचार्यको अन्त्येष्टि, बालकृष्णले गर्दै छन् काजक्रिया

२२ माघ, काठमाडौँ । महिला अधिकारकर्मी एवम् वरिष्ठ अर्थशास्त्री डा मिना आचार्यको अन्त्येष्टि गरिएको छ । बिहीबार अपराह्न ६.४० बजे पुरानो बानेश्वरस्थित निवासमा निधन भएकी ८४ बर्सिया डा आचार्य ज्युँदा सहिद टङ्कप्रसाद आचार्यकी सुपुत्री हुन् । 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी सल्लाहकारसमेत भएर काम गरेकी स्व. आचार्यको काजक्रिया मध्य बानेश्वरस्थीत पूजा प्रतिष्ठानमा पण्डित बालकृष्ण काफ्लेले गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ । हक्की स्वभाविक डा आचार्यको निधनले नेपाली समाजले महिला अधिकारकर्मी, वरिष्ठ अर्थशास्त्री र बहु प्रतिभाकी धनी एक राष्ट्रको सम्पत्ति गुमाएको छ । उनको दाहसंस्कार बिजुलीबाट सम्पन्न गरिएको छ ।